Logo

अर्थ

अमेरिकी डलर र रियाल स्थिर, पाउण्डको भाउ बढ्यो


२१ फाल्गुन २०८०, सोमबार  

299
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेकोे छ । राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर आइतबारको तुलनामा स्थिर छ ।

आज डलर एकको खरिद दर १३२ रुपैयाँ ३५ पैसा र बिक्री दर १३२ रुपैयाँ ९५ पैसा कायम छ । यूरो एकको खदिर दर १४३ रुपैयाँ ४५ पैसा कायम भएको छ भने बिक्री दर १४४ रुपैयाँ १० पैसा तोकिएको छ ।

आइतबार यूरो एकको खदिर दर १४३ रुपैयाँ १४ पैसा कायम भएको छ भने बिक्री दर १४४ रुपैयाँ ७९ पैसामा कारोबार भएको थियो । यस्तै, सोमबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ४५ पैसा रहँदा बिक्री दर १६८ रुपैयाँ २१ पैसा पुगेको छ ।

आइतबारको तुलनामा पाउण्ड आज बढेको छ । आइतबार पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २२ पैसा र बिक्री दर १६७ रुपैयाँ ९८ पैसामा कारोबार भएको थियो ।

आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको छ । रियालको भाउ स्थिर छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ७ : २४ बजे