सोलुखुम्बु । जनता समाजवादी पार्टी (जसपा) नेपालको सोलुखुम्बु अध्यक्षमा फुरी ग्याल्जेन शेर्पा चयन भएका छन् । शनिबार सल्लेरीमा भएको भेलाले शेर्पाको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा भैराज मगर र सुरतबहादुर बस्नेत, सचिवमा हेमन्त किराती, उपसचिवमा योगेश बराइली र युद्ध मगर तथा कोषाध्यक्षमा प्रेम नेम्बाङ चयन भएका छन् ।
त्यस्तै, भेलाबाट १३ सदस्यीय जिल्ला कार्यकारिणी समिति चयन भएको छ । सोही भेलाबाट किमा शेर्पाको अध्यक्षतामा १३ सदस्यीय सोलुदुधकुण्ड नगर समिति र बसन्त पाख्रिनको संयोजकत्वमा माप्या दुधकोशी गाउँ समिति समेत पुनर्गठन गरिएको बताइएको छ ।
कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य एवम् सङ्गठन विभाग सचिव लाक्पा शेर्पा, कोसी प्रदेश समिति सदस्य भक्तबहादुर राई, शेर्पालुङ समितिका मुख्य सचिव महेश राना मगरलगायतका नेताहरु उपस्थित रहेका थिए ।
प्रतिक्रिया