Logo

खेलकुद

नामिबियामाथि नेपालको रोमाञ्चक जित


१८ फाल्गुन २०८०, शुक्रबार  

230
Shares

काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार खेलिएको खेलमा नेपाल विजयी भएको छ । आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई तीन रनले हराएको हो । जितसँगै नेपालले फाइनल प्रवेशको सम्भावना पनि जिवितै राखेको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ८० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नामिबियाले भने निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ७७ रनमात्र बनाउन सक्यो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ३ : ११ बजे