Logo

खेलकुद

नामिबियाविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल


१८ फाल्गुन २०८०, शुक्रबार  

92
Shares

काठमाडौँ । नेपालले ट्वान्टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा शुक्रबार नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । नामिबियाले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो ।

नेदरल्यान्ड्सविरुद्ध बुधबार खेलेको नेपाली टोलीमा तीन खेलाडी परिवर्तन गरिएको छ । कुशल भुर्तेलसहित सन्दीप जोरा र ललित राजवंशीलाई बेन्चमा राखेको छ । उनीहरूको स्थानमा अनिल शाह, आरिफ शेख र अविनाश बोहरालाई प्लेयिङ-११ मा राखिएको छ ।

अनिल र आरिफको प्रतियोगितामा यो पहिलो खेल हो । भुर्तेल यस प्रतियोगितामा नेपालले खेलेको दुवै खेलमा शून्यमा आउट भएका थिए ।

फाइनलमा पुग्न नेपाललाई यो खेल जित्नै पर्ने आवश्यक्ता रहेको छ । नेपाल पहिलो दुई खेलमा क्रमशः नामिबिया र नेदरल्यान्ड्ससँग २० रन र २ विकेटले पराजित भएको थियो । नेपालले यस खेल जितेमा फाइनलमा पुग्ने सम्भावना रहन्छ । पराजित भएमा नेपाल फाइनल दौडबाट बाहिरिन्छ ।

नामिबिया बिहीबार नेदरल्यान्ड्ससँग ५९ रनले पराजित भएको थियो । नामिबियाका नियमीत कप्तान जेर्हाड इरासमस चोटका कारण फर्किसकेका छन् । उनको स्थानमा जेजे स्मिटले नामिबियाको कप्तानी गरिरहेका छन् । उनले टस जितेर नेपाललाई पहिला ब्याटिङका लागि बोलाएका हुन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ११ : २८ बजे