Logo

मुख्य समाचार

पैसा भएकालाई कानुन नलाग्ने र पैसा नभएकाहरूलाई मात्रै कानुन लाग्ने कुरा स्वीकार्य हुदैँन : पन्त


१७ फाल्गुन २०८०, बिहिबार  

69
Shares

काठमाडौँ । नेकपा एमालेका सांसद् रघुजी पन्तले ठुला उद्योगपति र व्यवसायीकै संलग्नतामा भ्रष्टाचार घटना घटेको भन्दै कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

राज्यव्यवस्था तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै पन्तले निजी क्षेत्रलाई भ्रष्टाचारको मुद्दामा जुनसुकै देश कारबाही गर्ने गरिएको दृष्टान्त सुनाए ।

वर्षौँदेखि सरकारी जग्गा कब्जा गरेर व्यापार व्यवसाय गरिएको छ । ठुला उद्योगपति तथा पैसा भएकालाई कानुन नलाग्ने र पैसा नभएकाहरूलाई मात्रै कानुन लाग्ने कुरा स्वीकार्य नहुने उनले बताए । यसमा व्यवसायीहरूले आफ्नो स्वार्थ मात्र हेर्न नहुने पन्तले बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  १ : ०३ बजे