Logo

मुख्य समाचार

सरकारले जनताका पक्षमा काम गर्न नसकेको एमाले अध्यक्ष ओलीको आरोप


१६ फाल्गुन २०८०, बुधबार  

69
Shares

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन् ।

सुनसरी सदरमुकाम इनरुवामा आज आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । सरकारले जनताको जनभावना अनुरुप काम नगर्दा आम रुपमा निरासा छाएको पनि अध्यक्ष ओलीको भनाई थियो ।

सरकारले लोकतन्त्रको अनुभति हुनेगरी काम गर्न नसक्दा जनतामा निरासा छाएको बताउदै उनले देश विकासका लागि सरकारमा इमान्दारी र सुशासन आवश्यक रहेको बताएका छन् ।

एमालेको एकल बहुमतको सरकार नबनेसम्म देशको विकास सम्भव नहुने अध्यक्ष ओलीको दाबी थियो । देशलाई विकासको बाटोमा अघि बढाउन एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको उनको जिकिर थियो।

वर्तमान सरकारलाई खरानीको डल्लाको संज्ञा दिएका अध्यक्ष ओलीले भिज्दा पनि फुट्ने र सुक्दैमा पनि फुट्ने टिप्पणी गरेका छन् ।

एमाले नेतृत्वको सरकार नहुँदा अस्थिरता छाएको, अराजकता बढेको साथै अर्थतन्त्र ओरालो लागेको गम्भिर आरोप समेत ओलीले लगाएका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ९ : ४४ बजे