Logo

Breaking News 1

नेदरल्यान्ड्सविरुद्ध नेपाललाई दोस्रो सफलता


१६ फाल्गुन २०८०, बुधबार  

184
Shares

काठमाडौं । त्रिदेशीय शृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर फिल्डिङमा आएको नेपालका लागि कुशल मल्लले दोस्रो सफलता दिलाएका हुन् ।

कुशलले ८.५ ओभरमा नेदरल्यान्ड्सका माइकल लेभिटलाई पभेलियनको दिशा देखाएका हुन् । नेपालविरुद्ध अर्धशतक बनाएका लेभिटले ३६ बलमा पाँच चौका र तीन छक्कासहित ५४ रन जोडे । जारी खेलको नौ ओभर समाप्त हुँदा नेदरल्यान्ड्सले दुई विकेट गुमाएर ७७ रन बनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  १२ : २१ बजे