Logo

अर्थ

सुनचाँदीको मूल्य घट्याे


१६ फाल्गुन २०८०, बुधबार  

46
Shares

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १०० र चाँदी प्रतितोला पाँच रुपैयाँ घटेर कारोबार भइरहेको हो ।

छापावाल सुन प्रतितोला एक लाख १८ हजार २०० रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ११ : ४१ बजे