Logo

समाचार

४५ किलो चरेस ओसार्ने ३ जना पक्राउ


१६ फाल्गुन २०८०, बुधबार  

138
Shares

काठमाडौं । भिमफेदी गाउँपालिका–२ भैँसेबाट अवैध लागूऔषध चरेस ४५ किलो र बगाँजा करिब ५ किलोसहित ३ जना पक्राउ परेका छन् ।

थाहा नगरपालिका–८ आग्रा बस्ने ३० वर्षीय बिमल स्याङतान, कैलाश गाउँपालिका–१ खोलाखर्क बस्ने ५२ वर्षीय चन्द्र बहादुर घलान र भिमफेदी गाउँपालिका–१ किटनी बस्ने ३२ वर्षीय नवराज तामाङ चरेर ओसारपसारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी ३२ किलो गाँजा बोकेर बिक्री गर्न हिँडिरहेका बारा, सिम्रौनगढ नगरपालिका–४ गंगानगरबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोसहित रौतहट फतुवा विजयपुर नगरपालिका–३ बस्ने ५० वर्षीय रामानन्द साह समेत ३ जना पनि प्रहरी नियन्त्रणमा परेका छन् ।

धादिङ, गल्छी गाउँपालिका–७ सिमबजारबाट अवैध लागूऔषध गाँजा करिब १० किलोसहित २ जना पनि पक्राउ परेका छन् ।
सोलामोदिन शेक र राम्जन आली पक्राउ परेका हुन् ।

सर्लाही, लालबन्दी नगरपालिका–१ लखनदेही पुलस्थित सडकबाट ७ किलो बोकेर हिँडिरहेका भारतका छोटु पासवान पनि प्रहरीको नियन्त्रणमा परेका छन्।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ११ : ३६ बजे