Logo

मनोरञ्जन

१४ शहरमा ‘अब हाँस्छ अमेरिका’


१६ फाल्गुन २०८०, बुधबार  

115
Shares

काठमाडौं । अमेरिकाका १४ शहरहरूमा ‘अब हाँस्छ अमेरिका’ कार्यक्रम सम्पन्न भएको छ । फ्लाई नेपालको आयोजनामा भएको कार्यक्रममा नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरुले प्रस्तुत दिएर हसाएका थिए । विनोद अधिकारीको संयोजनमा आयोजित कार्यक्रममा हास्यकलाकारहरू सन्दिप क्षेत्री, सुमन कार्की, भरतमणी पौडेल, कैलाश कार्की, सुमन कोइराला, मेक्सिम गौडेल (विष्णु प्रसाद गौडेल), सजन श्रेष्ठ र सन्तोष थापाले फेब्रुअरी २४ सम्म अमेरिकाको विभिन्न १४ सहरमा प्रस्तुति दिएका थिए ।

उनीहरूले जनवरी १२ मा नर्थ क्यारोलिना, १५ मा मिचिगन, २० मा न्यूयोर्क, २१ मा कनेक्टीक्युट, २२ मा बोस्टन, २९ मा रोचेस्टर् न्यूयोर्क मा प्रस्तुती दिएका थिए । यस्तै, फेब्रुअरी २ मा ह्युस्टन, ३ मा डालस टेक्सास, ९ मा लस एन्जल्स, १२ मा सन फ्रान्सिस्को, १६ मा भर्जिनिया, १७ मा ह्यारिसबर्ग पेन्सिलभेनिया, १८ मा बाल्टिमोर, मेरिल्याण्ड र २४ मा कोलम्बस, ओहायोमा हाँस्यब्यंग्य प्रस्तुति दिएका थिए ।

हिउँका कारण प्राय आवतजावतमै अवरोध हुने समयमा सफलताका साथ दर्शकको खचाखच उपस्थितिमा कार्यक्रमहरु सम्पन्न भएको संयोजक अधिकारीले जानकारी दिए । ‘अमेरिकाको पुर्वदेखि पश्चिमसम्म रहनुहुने नेपाली कहाँ हामी पुग्न सफल भयौँ । उहाँहरूलाई हसाउन सफल भयौँ । अमेरिकामा यति भव्य रुपमा सम्पन्न हाँस्य कार्यक्रम सम्भवत यो नै पहिलो हो,’ संयोजक अधिकारीले भने । उनले नेपालमा सोचे जस्तै अमेरिकामा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको जानकारी दिँदै चुनौतीका रुपमा स्वीकार गरेको कार्यक्रम अवसरमा बद्लिन सफल भएकोमा हर्षविभोर रहेको बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ८ : ५४ बजे