Logo

Breaking News 1

त्रिदेशीय ट्वान्टी–२० : नेदरल्यान्ड्सविरुद्ध खेल्दै नेपाल


१६ फाल्गुन २०८०, बुधबार  

253
Shares

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा आज नेपालले नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । नेपाल शृंखलामा दोस्रो खेलमा पहिलो जितको खोजीमा हुनेछ ।

मंगबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । नेदरल्यान्ड्सको भने जारी शृंखलामा यो पहिलो खेल हो ।

नेपालले यसै वर्षको जुनमा हुने ट्वान्टी–२० विश्वकपको तयारीका लागि घरेलु मैदानमा आईसीसी क्रिकेट विश्वकप लिग–२ को खेलका लागि सहभागी टिमसँग शृंखला आयोजना गरेको हो । जसमा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स सहभागी छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ६ : ३७ बजे