Logo

Breaking News 1

‘विश्वविद्यालयहरु नोकरशाहीको कब्जामा गए, तत्काल परिवर्तन गर्न सकिदैन’


१५ फाल्गुन २०८०, मंगलबार  

92
Shares

काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसन (केयूएसओडी)का डिन प्राध्यापक डा. बालचन्द्र लुईँटेलले विश्वविद्यालयहरु नोकरशाहीको कब्जामा रहेको बताएका छन् । मंगलबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै डा. लुईंटेलले नेपालका विश्वविद्यालयहरु नोकरशाहीको कब्जामा रहेको भन्दै यसलाई तत्काल परिवर्तन गर्न नसकिने बताएका हुन् । विश्वविद्यालयमा रहेको ब्यूरोक्रेसी अन्त्य गर्न कानून नै वाधा रहेको उनको भनाइ छ ।

उनले भने, ‘मैले विद्यार्थीहरु बाहिर जानै हुदैँन् भन्ने पक्षमा पनि होईन्, बाहिरका केही विद्यार्थी नेपाल आउने नेपालका बाहिर जाने त्यस्तो व्यवस्था भने हुनुपर्छ । यो अहिलेको विश्वविद्यालयहरुको जुन नोकरशाही ‘ब्यूरोकेशी’ छ त्यो कसैले परिवर्तन गर्न तत्काल सक्छ जस्तो मलाई लाग्दैँन् । यसका लागि पनि त कानून .चाहिन्छ ’ लुईँटेलले नेपालमा विश्वविद्यालय खोल्नासाथ परिवर्तन नहुने भन्दै त्यसको लागि सबैको प्रयास र मेहेनत आवश्यक भएको उल्लेख गरे ।

उनले भने, ‘नेपाल विश्वविद्यालय खोल्नासाथ जादु हुन्छ जस्तो लाग्दैन् । केयू दुई चार वर्षमा नै जादु भएको होईन् । लामो समयको प्रयास रहेको छ । हामीले समुदायसँग कुरा गरेर समुदायको के आवश्यकता हो त्यो बुझेर मात्रै अगाडि बढ्नु पर्छ । विश्वविद्यालय खोलेर हाम्रो प्रतिस्पर्धी हुने हो, विद्यार्थीहरुलाई काम गर्दै पढ्ने वातावरण बनाउनु पर्छ ।’ समितिमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल भएको थियो ।

छलफलमा सांसदहरुले विश्वविद्यालयहरुमा राजनीतिक चलखेल भइरहेकाले विद्यार्थी पलयान भइरहेको भन्दै डिनको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ७ : ०० बजे