Logo

मुख्य समाचार

समाज कल्याण परिषद् सम्बन्धी कानुनहरु परिमार्जन गरौं : मन्त्री आचार्य


१५ फाल्गुन २०८०, मंगलबार  

115
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले समाज कल्याण परिषद् सम्बन्धी रहेका पुराना कानुनहरुलाई परिमार्जन गर्न आवश्यक रहेको बताएका छन् ।

उनले सार्वजनिक लेखा समितिमा भएको बैठकमा नियमन र अनुगमन गर्ने काम समाज कल्याण परिषद्को भएको भन्दै यसका केही कानुनहरु परिमार्जन गर्न आवश्यक भएको बताए ।

यसको साथै उनले राज्यले परिषद्लाई कुनै बजेट प्रवाह नगरेको भन्दै जिरो बजेटको आधारमा आफ्नै स्रोत र साधनबाट संस्था सञ्चालन गर्नुपरेको बताए ।

राज्य पुग्न नसकेको स्थानमा काम गर्नको लागि परिषद्को स्थापना भएको भन्दै अहिले मन्त्रालय र समाज कल्याणबीच तालमेल नभएको बताए ।

मन्त्री आचार्यले आफ्नो र परिषद्का विषयमा केही प्रश्नहरु आएको, मन्त्रीले आफ्नै निर्वाचन क्षेत्रमा बढी परियोजनाहरु लग्यो भन्ने विषय पुष्टि भएमा त्यसको जिम्मेवारी आफूले लिने बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ४ : ५४ बजे