Logo

मुख्य समाचार

स्व. आचार्यको उपचार गर्दा भएको खर्चमा सरकारले आवश्यक सहयोग गर्छ : प्रधानमन्त्री


१५ फाल्गुन २०८०, मंगलबार  

138
Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्व. भक्तराज आचार्यको उपचारमा भएको खर्चबारे सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमवार निधन भएका आचार्यको पार्थिव शरीर मंगलवार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखेसँगै श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री दाहालले सो प्रतिबद्धता जनाएका हुन् । उनले वरिष्ठ गीतकार, संगीतकार भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताए । उनले स्व। आचार्यले गीत, संगीतको क्षेत्रमा पुर्याएको योगदान अजर अमर रहने बताए । उनले उनका सिर्जनाहरू कालजयी रहने बताए ।

प्रधानमन्त्री दाहालले सरकारको तर्फबाट सक्दो सहयोग गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  २ : ४७ बजे