Logo

खेलकुद

विश्वकिर्तिमान बनेको खेलमा नामिबियाले नेपाललाई दियो २०७ रनको लक्ष्य


१५ फाल्गुन २०८०, मंगलबार  

92
Shares

काठमाडौं । टी–२० त्रिदेशीय श्रृंखलामा पहिलो खेलमा नामिबियाले नेपाललाई जितका लागि  २०७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०६ रन बनायो ।

उसका लागि जान निकोल लोफ्टी इटनले शतकीय पारी खेले । ३६ बलको सामना गरेका उनले ११ चौका र ८ छक्काको मद्दतमा १०१ रन बनाए। ।

यो उनको कीर्तिमानी शतक हो । उनी टी–२० अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा कम बलमा शतक प्रहार गर्ने खेलाडी बनेका छन् ।

३३ बलमा शतक बनाएर उनले यसअघि कुशल मल्लको नाममा रहेको कीर्तिमान तोडेका हुन् ।  कुशल मल्लले एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाएका थिए ।

यस्तै, नामिबियाका मलान क्रुगरले मेडन अर्धशतक बनाए। ४८ बलको सामना गरेका उनले ६ चौका र दुई छक्काको मद्दतमा अविजित ५९ रन जोडे ।

नेपालका कप्तान रोहित पौडेलले दुई विकेट लिँदा करण केसी र अविनाश बोहराले समान एक–एक विकेट लिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  १ : ३३ बजे