Logo

राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी


१५ फाल्गुन २०८०, मंगलबार  

115
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको छ ।

बिहान साढे ८ बजे देखि पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा आज अध्यक्ष पुष्पकमल दाहालले अघिल्ला बैठकहरूमा उठेका सवालहरूको जवाफ दिने र समसामयिक राजनीतिक घटनाक्रमको बिफ्रिङ गर्ने कार्यसूची छ ।

पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले केहीबेर अघि देखि बैठक बसिरहेको जानकारी दिए ।

हालै मात्र विधान सम्मेलन गरेको माओवादी केन्द्रले पार्टीका शीर्ष नेताको कार्यविभाजन तथा जनपरिचालनलगायत विषयमा नियमित छलफल गरिरहेको छ । माओवादीले चैत १ गतेदेखि तराई-मधेशमा अभियान सञ्चालन गर्ने तयारी पनि गरेको छ । आजको बैठकले तराई-मधेश अभियान र उत्तर-दक्षिण अभियानका विषयमा टुंगो लगाउने प्रवक्ता सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ११ : १२ बजे