Logo

खेलकुद

दाङ क्रिकेट लिग–२ सुरु, उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन घोराही टाइगर्स पराजित


१४ फाल्गुन २०८०, सोमबार  

92
Shares

दाङ । नेपाल टेलिकम दाङ क्रिकेट लिग–२ सुरु भएको छ । दाङ क्रिकेट सङ्घको आयोजनामा घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रङ्गशालामा लुम्बिनी प्रदेशकै ठूलो प्रतियोगिताको सोमबार लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल र घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले संयुक्त रूपमा उद्घाटन गरे ।

प्रतियोगिता उद्घाटन गर्दै स्वास्थ्य मन्त्री खनालले दाङमा क्रिकेट क्षेत्रको व्यावसायिक विकासको प्रयास सह्रानीय काम भएको बताए ।

पछिल्लो समय नेपालमा क्रिकेटको सम्भावना निकै राम्रो भइरहेकाले स्थानीय स्तरबाटै यसको विकासका लागि सबै लाग्नुपर्ने बेला भएको बताए । ’नेपालमा क्रिकेट प्रति युवाको बढ्दो आकर्षण त छदै छ, यसले क्रिकेटको माहौल राम्रो बनाउँदै लगेको छ । खेलको विकासका लागि पूर्वाधार विकासमा हामी सबैको साथ चाहिएको छ’ उहाँले भन्नुभयो ।

क्रिकेटले नेपालको पहिचान अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन अहम् भूमिका खेलेको भन्दै डिसिएलले पनि यहीँबाट दक्ष खेलाडी उत्पादनमा सघाउ पु¥याउने विश्वास व्यक्त गरे ।

’स्वास्थ्य र मनोरञ्जनका रूपमा मात्रै नभई क्रिकेट व्यावसायिक रूपमा अघि बढाउन दाङ क्रिकेट सङ्घले प्रयास गरेको छ । यसबाट भोलिका दिनमा यहाँका क्रिकेटरलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने आधार र माध्यम क्रिकेट भइरहेको छ’ उनले बताए ।

उहाँले क्रिकेटको विकासका लागि तीन तहका सरकारले साथ दिनुपर्ने पनि बताउनुभयो । स्थानीय स्तरमा खेलको वातावरण बनाउँदै बाहिरी लगानी भित्र्याउने काममा लाग्न सके क्रिकेटका माध्यमबाट अरू थुप्रै विकासको ढोका खोल्न सकिने बताए ।

यसैगरी घोराही उपमहानगरपालिकाका नगरप्रमुख चौधरीले यहाँको खेलकुद विकासका लागि घोराही उपमहानगरपालिका प्रतिबद्ध रहेको बताए । उनले घोराहीमा खेल पूर्वाधारका क्षेत्रमा लगानी भइरहेको हुँदा पालिकाले स्वस्थ नागरिक, दक्ष खेलाडीलाई प्राथमिकता दिएको उल्लेख गरे । उनले भोलिका दिनमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने खेलाडी उत्पादन गरेर जाने गरी संस्थागत रूपमा काम भइरहेको बताए  । दाङको घोराहीमा देशभरका खेलाडी आएर डिसिएल खेल्ने वातावरण बनाउन आयोजकले गरेको प्रयासलाई पालिकाले साथ दिएको बताए ।

प्रतियोगिताको उद्घाटन समारोहमा दाङ क्रिकेट सङ्घका अध्यक्ष प्रदीप मजगैयाँले यहाँको क्रिकेट विकास गर्ने यो राम्रो अवसर रहेको बताए । दाङको क्रिकेट विकासमा केन्द्रमा पहुँच नपुग्दा पनि हिजोका दिनमा अनेकन समस्या रहेको जनाउँदै अब आफू केन्द्रमा जोडिएको हुँदा दाङको क्रिकेट विकास लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउँदै यो प्रयासमा सबैको साथ चाहिएको बताए ।

दाङमा क्रिकेटको विकाससँगै खेललाई व्यावसायिक बनाउने लक्ष्यका साथ सञ्चालन गर्न थालिएको नेपाल टेलिकम डिसिएल–२ प्रतियोगितामा घोराही टाईगर्स, देउखुरी वारियर्स, पुरन्धारा च्यालेन्जर्स, तुलसीपुर रोयल्स र दंगाली लायन्स गरी पाँच वटा फ्रेन्चाईज टोलीले प्रतिस्पर्धा गर्दै छन् ।

जसका लागि पाँच वटै फ्रेन्चाईज क्लबले प्रत्येक टिममा १४ जना खेलाडी खरिद गरिसकेका छन् । प्रत्येक टिम मालिकले पाँच जनासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसहित दाङ जिल्लाभित्रका यु–१६ का २ जना, यु–१९ का २ जना र सिनियर ५ जनासहित १४ जनाको टिम बनाएका छन् ।

प्रतियोगिता फागुन १९ गतेसम्म चल्नेछ ।

आजको पहिलो खेलमा दंगाली लायन्सले डिफेन्डिङ च्याम्पियन घोराही टाइगर्सलाई ९ विकेटले पराजित ग¥यो ।  घोराही टाइगर्सले दिएको ११२ रनको लक्ष्य दंगाली लायन्सले १६.१ ओभरमा मात्र १ विकेट गुमाएर पुरा ग¥यो।  दंगाली लायन्सको लागि सन्तोष कार्की र बसिर अहमदले समान ४५ रन योगदान दिए। सन्तोषले ४६ बलमा ३ चौका तथा बसिरले ३९ बलमा ३ छक्का प्रहार गरे। राष्ट्रिय क्रिकेटर समेत रहेका बसिर खेलको प्लेयर अफ द म्याच घोषित भए।  यस अघि टस जितेर ब्याटिङ रोजेको घोराही टाइगर्सले १८.२ ओभरमा १११ रन बनायो।  घोराहीको लागि अर्जुन घर्तीले सर्वाधिक ३२ रन योगदान दिए। रबिन थापाले अविजित १४ तथा ब्रिशब सेन्चुरीले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। राष्ट्रिय क्रिकेटर समेत रहेका ओपनर दिलीप नाथले २ रन मात्र बनाउन सके।  दंगाली लायन्सको बलिङमा शङ्कर रानाले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४३ ओभरमा २१ रन खर्चिए। प्रकाश जैसी र बिर बहादुर घर्ती मगरले २÷२ तथा कप्तान विपिन खत्रीले १ विकेट लिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ४ : ५७ बजे