Logo

खेलकुद

पाँच किलोमिटर फनरन कार्यक्रम चैत्र ३ मा हुने


१४ फाल्गुन २०८०, सोमबार  

92
Shares

काठमाडौं । हाइयर ग्राउण्ड नेपालको पाँच किलोमिटर फन रन कार्यक्रम २०८० आयोजना गर्ने भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी हाइयर ग्राउण्डकी संस्थापक बिमला श्रेष्ठ पोखरेलले नेपालले तीन वर्षको अन्तरालपछि चैत्र ३ गते ५ किमी फनरन कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिइन् ।

उनले महिलाहरुको सशक्तिकरणमा र विभिन्न विपन्न वर्गका व्यक्तिहरुको सहयोगको निम्ती महत्वपूणर् कोष जुटाउने लक्ष्यसहितको कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिइन् ।

उनले भनिन्, ‘कार्यक्रमले नेपाली महिलाहरुको सशक्तिकरणमा टेवा पुर्याउनका साथै विभिन्न विपन्न वर्गका व्यक्तिहरुको सहयोगको निम्ती महत्वपूणर् कोष जुटाउने लक्ष्य राखेको छ । सीमान्तकृत वर्गका बालबालिकाका लागि छात्रवृत्ति जस्ता जीवन परिवर्तन गर्ने पहलहरुलाई सहयोग गरेको छ । यसै योगदानलाई कायम राख्दै यस वर्ष पनि फनरन कार्यक्रममार्फत हाइयर ग्राउण्ड नेपालले छात्रवृत्ति तथा महिला सशक्तिकरण कार्यक्रमहरूमा सहयोग गर्ने लक्ष्य राखेको छ ।’

यस वर्षको फनरन कार्यक्रममा आयोजकले १५ सयभन्दा बढी सहभागीहरू र सामुदायिक स्वयंसेवकहरूको अपेक्षा राखेको छ । फनरनमा भाग लिन कुनैपनि प्रकारको उमेर, लिङ्गको रोकतोक नभई सबैका लागि खुला रहनेछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ४ : ५३ बजे