Logo

राजनीति

‘नेपाली बिशेषताको समाजवाद’ कार्यक्रमको घोषणा


१४ फाल्गुन २०८०, सोमबार  

115
Shares

काठमडौं । समाजवादी मोर्चा नेपालले चैत्र ३ गते काठमाडौंमा ‘नेपाली बिशेषताको समाजवाद’ नामक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

सोमबार एकीकृत समाजवादीको पार्टी कार्यालयमा बसेको समाजवादी मोर्चा नेपालको बैठकले, चैत्र ३ गते काठमाडौंमा ‘नेपाली बिशेषताको समाजवाद’ नामक कार्यक्रम सञ्चालन गर्ने र त्यसले समाजवादी मोर्चा नेपाल नामको एक प्रकाशन पनि सुरुवात गर्ने निणर्य गरेको नेकपा एसका प्रवक्ता जगननाथ खतिवडाले जानकारी दिए ।

उनले भने,‘चैत्र ३ गते काठमाडौंमा नेपाली बिशेषताको समाजवाद नामक एक कार्यक्रम सञ्चालन गर्ने र यस्ले समाजवादी मोर्चा नेपाल नामको एक प्रकाशन पनि सुरुवात गर्नेछ । यसका गतिविधिलाई जिल्लामा कसरी अगाडि बढाउन सकिन्छ भनेर थप कार्ययोजना बनिरहेको छ ।’

उनका अनुसार बैठकले पार्टीको महाधिवेशनको दस्तावेज मस्यौदा गर्न बनाउनका लागि मस्यौदाको काम पूरा गर्न दुई दिन लगातार दस्तावेज मस्यौदा समितिको बैठक बस्ने पनि निणर्य गरेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ४ : २३ बजे