Logo

राजनीति

प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको नाराबाजी


१४ फाल्गुन २०८०, सोमबार  

115
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरुले अवरोध गरेका छन् ।

विवादित तीन मन्त्रीको राजीनामा माग्दै एमाले, रास्वपा, राप्रपा लगायतका विपक्षी दलहरुले नाराबाजी गरिरहेका हुन्।

अवरोध गर्नुअघि एमालेको तर्फबाट सांसद गोकुल बास्कोटाले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र पर्यटन मन्त्री सुदन किराँतीलाई पदमा बस्ने नैतिक अधिकार नभएको दोहोर्‍याएका हुन् । उनले प्रधानमन्त्रीले आजै संसद्मा जवाफ दिनुपर्ने बताए।

रास्वपाका सभापति रवि लामिछानेले विवादित मन्त्रीहरुको सम्बन्धमा दिन, घण्टा र मिनेट तोकेर रुलिङको माग गरे ।

सभामुखबाट रुलिङ नभएपछि विपक्षी दलहरुले ‘विवादित मन्त्रीहरु राजीनामा दे’, ‘विवादित मन्त्रीलाई बर्खास्त गर’ लगायतका नाराबाजी सुरु गरेका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ११ : ४० बजे