Logo

मुख्य समाचार

सरकारको कानमा कसले कपास कोच्यो ? हाम्रा कुरा सुन्दैन त ! : एमाले


१४ फाल्गुन २०८०, सोमबार  

115
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले जनताको समस्या नसुनेको भन्दै आपत्ति जनाएको छ । संसद् बैठकमा बोल्दै सांसद गोकुल बास्कोटाले ६ गतेदेखि राखेका माग सरकारले नसुनेकोमा आपत्ति जनाएका हुन् ।

उनले सरकार कानमा कपास कोचेर बसेको आरोप लगाए । ‘सरकारको कानमा कसले कपास कोचेको छ ? हामीले ६ गतेदेखि उठाएका जायज मागको सम्बोधन हुँदैन,’ उनले भने, ‘विवादित मन्त्रीकाले किन राजीनामा नदिएको ? मिटर ब्याज पीडितको समस्या समाधान गर्न कसले रोक्यो, दुग्ध किसानका समस्या अनदेखा गर्ने छुट सरकारलाई छैन ।’

सांसद बास्कोटाले यी विषयमा प्रधानमन्त्रीको जवाफ चाहिएको बताए । यदि सरकारले केही गर्न नसक्ने हो भने आफूहरू चुप लागेर बस्न नसक्ने उनको चेतावनी छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ११ : २८ बजे