काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेकाे छ । सुन प्रतितोला २०० रुपैयाँले घटेर कारोबार भइरहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ३०० रुपैयाँ कायम भएको छ ।
हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ५०० रुपैयाँ थियो । यस्तै, हिजो तोलामा १ लाख १७ हजार ९५० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य आज भने १ लाख १७ हजार ७५० रुपैयाँ छ ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै, आज चाँदीको कारोबार मूल्य तोलामा १३ सय ९५ रुपैयाँ कायम भएको छ । हिजो आइतबार चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ थियो ।
प्रतिक्रिया