काठमाडौं । मिटरब्याजपीडित र सरकारबीच आज पनि वार्ता हुने भएको छ । आज वार्तामा बस्नेगरी हिजाेको वार्ता टुंगिएको थियो । सरकार र पीडितबीच बिहान ११ बजेदेखि पुनः वार्ता हुनेछ ।
आजको वार्तामा पीडितका मागसँग सम्बन्धित निकायका प्रतिनिधिहरूलाई पनि सहभागी गराउने सहमति भएको छ । आइतबार गृह मन्त्रालयमा भएको वार्तामा पीडित पक्षले आफ्ना माग राखेका थिए ।
प्रतिक्रिया