विराटनगर । सुनसरीको इटहरीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका –१ स्थित भित्री सडक खण्डमा आइतबार भएको दुर्घटनामा सुनसरीकै गढी गाउँपालिका–६ का ४२ वर्षीय चितनारायण माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश १–०२–०५० प ०५६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको कल्भटबाट तल खस्दा चालक माझीको घटनास्थलमै मृत्यु भएको थियो । आजै अपराह्न इटहरी–५ मा भएको ट्रकको ठक्करले स्कुटर चालक स्थानीय रबिन राईको मृत्यु भएको थियो ।
प्रतिक्रिया