Logo

अर्थ

नेप्सेमा २६.८१ अंकको गिरावट


१३ फाल्गुन २०८०, आइतबार  

92
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा उच्च अंकको गिरावट आएको छ । 

आज नेप्से परिसूचक २६.८१ अंकले घटेर १९७९.०२ विन्दुमा कायम भएको हो ।

यसदिन सेन्सेटिभ इण्डेक्स  १.५९ अंकले घटेर ३५३.८३ विन्दुमा अडिएको छ ।

आज तीन सय १७ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता सेयर  ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार ७० रुपैयाँमा खरिदबिक्री भए ।

दोहोरो अंकले घटेको सेयर बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।

चिरख्वा हाइड्रोपावरको सेयर ८.५५ प्रतिशतले बढ्दा धवलागिरि  लघुवित्त वित्तीय संस्थाको ६.६६,गुराँस फाइनान्सको ५.१६ र सन नेपाल लाइफ इन्स्योरेन्सको ५.०४ प्रतिशतले बढ्यो ।  कारोबार रकमका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो ।

आज २ उपसमूहबाहेक अन्यको सूचक नकारात्मक देखिएका छन् । फाइनान्स र मनु एन्ड प्रो उपसमूहबाहेक अन्यको सूचक घटेको हो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ४ : ३१ बजे