Logo

राजनीति

समृद्ध राष्ट्र निर्माण अहिलेको प्रमुख आवश्यकता : सिटौला


१३ फाल्गुन २०८०, आइतबार  

115
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्ण प्रसाद सिटौलाले, लोकतन्त्रिक समाजवादमा आधारित समृद्ध राष्ट्र निर्माण अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन् ।

आइतबार सिंहदरबारमा बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकमा बोल्दै नेता सिटौलाले, राज्यका सम्पुर्ण मेकानिजमहरुलाई जनताको हितमा संविधान बमोजिम प्रयोग गरेर समुन्नत राज्य निर्माण गर्न सकिने बताएका हुन् ।

समुन्नत मुलुक निर्माण गर्ने पाटोमा अन्य पार्टीभन्दा नेपाली कांग्रेसको दायित्व भएको सिटौलाको भनाइ छ ।

सबै क्षेत्रका नेता तथा कार्यतकर्ता मिलेर व्यवस्थाको सुदृढ गरि सुदृढ व्यवस्थाको माध्यमबाट जनताको अधिकारको रक्षा गर्ने जिम्मा नेपाली कांग्रेसको रहेको उल्लेख गरे ।

नेताहरुले आफ्नो स्वार्थका लागि नभइ जनताको स्वार्थका लागि लाग्नुपर्नेमा नेता सिटौलाको जोड थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ३ : ०४ बजे