Logo

समाचार

कास्कीको मिर्सा भिरबाट लडेर जर्मन नागरिकको मृत्यु


१३ फाल्गुन २०८०, आइतबार  

138
Shares

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थित मिर्सा भिरबाट लडेर एक विदेशी नागरिकको मृत्यु भएको छ । माछापुच्छ्रे १ मिर्सा भिरबाट लडेर जर्मनका पियाको मृत्यु भएको छ ।

उनी मिर्सा गाउँ झर्ने क्रममा शनिवार लडेर रुखमा अड्किएका र शव आइतबार बिहान निकालिएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नम्बर २४ कालिका गणबाट खटिएको टोलीले बिहान शव निकालेर पोखरा ल्याएको कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

थप अनुसन्धानका लागि अमेरिकन नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरू सँगै त्यसतर्फ गएका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  २ : ५१ बजे