Logo

मुख्य समाचार

राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक प्रतिनिधि सभामा पेश


१३ फाल्गुन २०८०, आइतबार  

115
Shares

काठमाडौँ । राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८०’ प्रतिनिधि सभामा पेश गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो विधेयक पेश गरेका हुन् ।

त्यस अवसरमा बोल्दै श्रेष्ठले राजनीतिक दलसम्बन्धि ऐन २०७३ को केही व्यवस्थाहरुमा अध्यादेशले संशोधन गरेको र सो पश्चात उक्त अध्यादेश खारेज भएको अवस्थामा ऐनको साविककै व्यवस्था कायम राख्न आवश्यक देखिएकाले राजनीतिक दलसम्बन्धि ऐन, २०७३ लाई संशोधन गर्न बनेको सो विधेयक प्रतिनिधिसभा पेश गर्नुपरेको स्पष्ट पारे ।

उपप्रधानमन्त्री श्रेष्ठले पेश गरेको सो विधेयक प्रतिनिधिसभामा छलफल हुनेछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  २ : ४७ बजे