Logo

विश्व

ट्याक्टर दुर्घटना हुँदा १५ जनाको मृत्यु


१२ फाल्गुन २०८०, शनिबार  

138
Shares

लखनउ । भारतको उत्तर प्रदेशको कासगञ्जमा ट्याक्टर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।

गंगामा स्नान गर्न गएका भक्तजनले भरिएको ट्रयाक्टर पोखरीमा पल्टिएर भएको दुर्घटनामा परि ७ बालबालिकासहित १५ जनाको मृत्यु भएको हो ।

सुरक्षा अधिकारीका अनुसार दुर्घटना परी मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

जानकारीका अनुसार अगाडिबाट आउँदै गरेको अपरिचित गाडीलाई बचाउन खोज्दा भक्तजनले भरिएको ट्रयाक्टर अनियन्त्रित भई पोखरीमा खसेको थियो ।

अन्य चार बालबालिकाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको जनाइएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  १ : ५३ बजे