Logo

मुख्य समाचार

क्यानले गर्‍यो भूकम्प पीडितलाई २० लाख सहयोग


१२ फाल्गुन २०८०, शनिबार  

115
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले जाजरोकट भूकम्प पीडितका लागि आर्थिक सहयोग गरेको छ ।

गत कार्तिक १७ गते जाजरकोट केन्द्र विन्दू भएर गएको भूकम्पका लागि प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा क्यानका तर्फबाट २० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो ।

शनिबार विहान नेपाल क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

क्यानले जाजरकोट भूकम्प पीडितलाई आइसीसी टी२० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गत नेपाल र ओमान बिच फाइनल खेलको टिकट बिक्रिबाट प्राप्त ५० प्रतिशत रकम प्रदान गर्ने जनाएको थियो ।

सोही प्रतिवद्धता अनुसार प्रधानमन्त्री निवास वालुवाटार पुगेर चेक हस्तान्तरण गरेको क्यानका अध्यक्ष चन्दले जानकारी दिए ।

चेक बुझेपछि प्रधानमन्त्री प्रचण्डले क्यानका पदाधिकारीलाई धन्यवाद दिँदै सबैको साथ र सहयोगले भूकम्प पीडितको घाउँमा मल्हम लगाउन सकिएको बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  १२ : ४७ बजे