Logo

खेलकुद

पीएसएलमा पेशावर जाल्मीको पहिलो जित


१२ फाल्गुन २०८०, शनिबार  

138
Shares

काठमाडौं । पाकिस्तान सुपर लिग क्रिकेट (पीएसएल)मा पेशावर जाल्मीले पहिलो जित दर्ता गरेको छ । लगातार दुई खेलमा पराजित भएको पेशावरले शुक्रबार राति भएको खेलमा मुल्तान सुल्तानलाई ५ रनले पराजित गरेको हो ।

मुल्तानको भने पहिलो हार हो । मुल्तानले खेलेका चार मध्य ३ खेलमा जित निकाल्दै शीर्ष स्थानमा छ ।

शुक्रबार राति पेशावरले पहिला ब्याटिङ गर्दै ८ विकेट गुमाएर १७९ रन बनाएको थियो । पेशावरका लागि हसिबुल्लाह खानले सर्वाधिक ३७ रन बनाउँदा कप्तान बाबर आजमले ३१ रन जोडेका थिए ।

यसैगरी रोभमन पावेलले २३ रन जोड्दा मोहम्मद हेरिसले १९ रन बनाए । त्यस्तै, पौल वाल्टरले १६ रन र लुक वुडले १७ रनको नटआउट पारि खेले । मुल्तानका डेभिड वेली, मोहमम्द अली र उस्मा मिरले समान दुई, दुई विकेट लिए ।

जवाफी लक्ष्यसहित मैदान उत्रिएको मुल्तान २० ओभरमा सबै विकेट गुमाएर १७४ रनमा रोकिन पुग्यो । मुल्तानका लागि डेभिड मलानले ५२ रनको आक्रामक पारि खेलेका थिए भने यासिर खानले ४३ रन बनाए । रेजा हेन्ड्रिकले २८ रन जोड्दा इफ्तिकर अहमदले १६ रन बनाए ।

पेशावरका लागि आरिफ याकुवले तीन तथा लुकी वुड, नभिन उल हक र सल्मान इस्रिदले समान दुई, दुई विकेट लिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ९ : १७ बजे