Logo

मुख्य समाचार

जनयुद्ध दिवसले राष्ट्रिय दिवसकै रुप पाउँछ : प्रधानमन्त्री


११ फाल्गुन २०८०, शुक्रबार  

92
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारकै क्यालेण्डरमा जनयुद्ध दिवस बिदा भनेर लेखिएकोमा अदालतले रोकेपनि आफूहरुले जनयुद्ध दिवस मनाएको दावी गरेका छन् ।

शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित २३ औं मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रममा उनले जनयुद्ध दिवस मनाउने सरकारको तर्फबाट एकपटक निर्णय भइसकेको जानकारी दिए । उनले संक्रमणकालिन न्याय सम्बन्धी विषय टुङ्गिसकेपछि फेरी राष्ट्रिय दिवसका रुपमा निरन्तर मनाइने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले पार्टीको विशेष रुपान्तरण अभियानले जनतासँग कमजोर भएको सम्बन्धलाई पुनःजीवित गर्न सफल भएको जिकिर गरे । उनले अभियानमा जाँदै नजाने वा नखट्ने कार्यकर्ता पार्टीमा रहन नसक्ने भन्दै त्यस्ता व्यक्तिलाई पार्टीले कारवाही गर्ने बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ४ : १५ बजे