Logo

मुख्य समाचार

विद्युत उत्पादन र व्यापारमा सरकारको प्रोत्साहन


११ फाल्गुन २०८०, शुक्रबार  

161
Shares

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतले सरकारले विद्युत उत्पादन, प्रसारण, वितरण र व्यापारमा लगानी गर्न प्रोत्साहन गरिरहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित समृद्धिका लागि ऊर्जा संक्रमण सम्बन्धी राष्ट्रिय कार्यशालामा बोल्दै मन्त्री बस्नेतले स्वच्छ ऊर्जा स्रोतको उपयोगको महत्वलाई बुझेर स्वच्छ ऊर्जा उत्पादनका लागि स्वदेशी तथा अन्तर्राष्ट्रिय सार्वजनिक तथा निजी वित्त परिचालन गर्नुपर्ने आवश्यका आधारमा काम गरिरहेको बताएका हुन् ।

नवीकरणीय ऊर्जा विकासका लागि सरकार रणनीतिक दिशामा ध्यान केन्द्रित गरिरहेको बताउँदै उनले निजी क्षेत्रको लगानी आकर्षित गर्न र दिगो ऊर्जा विकासको लागि अनुकूल वातावरण सिर्जना गर्न ऊर्जा नीतिमा सुधार गर्दै आएको बताए ।

उर्जामार्फत आर्थिक समृद्धिका लागि रणनीतिक सहकार्यता आजको आवश्यकता भएको मन्त्री बस्नेतको भनाइ थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  १ : ५९ बजे