Logo

मुख्य समाचार

संसदीय समिति ‘गाईजात्रा’ देखाउने ठाउँ होइन् : मन्त्री गुरुङ


११ फाल्गुन २०८०, शुक्रबार  

115
Shares

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले समितिलाई ‘गाईजात्रा’ देखाउने थलोको रुपमा प्रयोग नगर्न आग्रह गरेका छन् ।

शुक्रबार कानून, न्याय तथा मानव अधिकार समितिमा बसेको बैठकमा उनले प्रमुख सचिवालयबाट आएको क्लालेन्डरमा समितिका सदस्यहरुले आपत्ति जनाएपछि मन्त्रीले गाईजात्रा देखाउने थलोको रुपमा समितिलाई प्रयोग नगर्न आग्रह गरेका हुन् ।

यस्तै, उनले समितिको कार्यसूचीभन्दा बाहिर गएर समितिमा छलफल भएको भन्दै आपत्ति जनाए । मन्त्री गुरुङले भाषण मात्रै नगर्न र विषय प्रवेश गरेर छलफल गर्न आग्रह गरे ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  १ : ०७ बजे