Logo

समाचार

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


११ फाल्गुन २०८०, शुक्रबार  

69
Shares

चितवन । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार बिहानै एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ३४ वर्षीय दिलिप चौधरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चौधरी ना ४५ प ७७९८ नम्बरको मोटरसाइकलमा सुर्तनाबाट खैरहनी–१० कै कठार जाँदै थिए । तर, बाटोमा उनी चढेको मोटरसाइकल पल्टिएको र खुट्टा च्यापिएको अवस्थामा स्थानीयले भेटाएपछि बिहान पौने ६ बजे प्रहरीलाई खबर गरेका थिए ।

दुर्घटनामा चौधरीको मृत्यु भएको र वरपर अर्को सवारी नदेखिएका कारण कसरी दुर्घटना भयो भन्नेबारे यकिन नभएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीले बताए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ९ : ०५ बजे