Logo

Breaking News 1

काठमाडौंमा प्लाष्टिक फूलको प्रयोगमा कडाइ


११ फाल्गुन २०८०, शुक्रबार  

23
Shares

काठमाडौं । ४० माइक्रोनभन्दा कम मोटाइको प्लाष्टिक प्रयोगमा निषेध गरेको काठमाडौं महानगरपालिकाले त्यसको अनुगमन गर्न थालेको छ । सजावटका लागि लुकिछिपी प्लाष्टिकजन्य फूलको प्रयोग भएको जानकारी आएपछि महानगरपालिकाले त्यसको निगरानी बढाएको हो ।

महानगर प्रहरीले होटल, प्यालेस र सम्बन्धित क्षेत्रहरुमा निगरानी बढाएको छ । महानगरपालिकाले २०८० साउन १ गतेबाट ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सवावटका बस्तु तथा सामग्री ल्याउन, भण्डारण गर्न र विक्री गर्न प्रतिबन्ध लगाएको थियो । त्यसयता यस्तो हानीकारक प्लाष्टिकको प्रयोग घटेको छ ।

‘सहरको व्यवस्थापन, स्वच्छता र वातावरणीय सुधारका लागि महानगरपालिकाले तर्जुमा गरेका कानुनी व्यवस्थाको कार्यान्वयन गराउनु हाम्रो दायित्व हो । व्यवस्थापन गर्नुपर्ने क्षेत्रको सुक्ष्म निगरानी गरिरहेका छौँ,’ महानगर प्रहरीका प्रमुख राजुनाथ पाण्डेले भने, ‘प्लाष्टिकको फूलको प्रयोग भएका भेटिए कारबाही गर्छौँ ।’

सामान्यतयाः ४० माइक्रोनभन्दा पातला झोला पुनः प्रयोग हुँदैनन् । यसलाई कि जलाइन्छ, कि वातावरणमा फालिन्छ या फोहोर पोको बनाएर बाहिर निकालिन्छ । यसरी जुनसुकै कारणबाट बाहिर निस्किए पनि यसले हानी नै गर्छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ८ : ३६ बजे