काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आजपनि बस्दै छ । यसअघि हिजो पार्टी कार्यालय बालकुमारीमा बसेको बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल भएको थियाे ।
पार्टीका कार्यकारिणी सदस्य प्रकाश अधिकारीका अनुसार राष्ट्रिय महाधिवेशनलाई कसरी सफल बनाउने, नेताहरूको जिम्मेवारी बाँडफाँड गर्नेलगायत विषयमा हिजो छलफल भएको छ । जसपाको राष्ट्रिय महाधिवेशन आगामी जेठ २८, २९ र ३० गते आह्वान गरिएको सो पार्टीले जनाएको छ ।
प्रतिक्रिया