काठमाडौं । नेकपा एमालेले आगामी वर्षलाई पार्टीको शुद्धीकरण र सुदृढीकरणको वर्षका रुपमा मनाउने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा तीन दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकले पार्टीलाई थप उचाइमा पु¥याउन अगामी वर्षमा शुद्धीकरण र सुदृढीकरणको अभियान चलाउने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
उनका अनुसार राष्ट्र र जनसरोकारको मुद्दामा जनदबाब र जनपरिचालनको एजेण्डा छिटै सार्वजनिक हुनेछ । सदन र आवश्यक परे सडकमा पनि आवाज उठाउने निर्णय भएको उनले बताए । यसअघि कमिटी बैठकमा बोल्दै एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादी पार्टीसँग एकता नहुने बताए ।
विभिन्न पार्टी परित्याग गरी आएका नेता तथा कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराउँदै ओलीले दुई तिहाइको पार्टी फोडेकोमा पश्चताप नगरी पार्टी प्रवेश नगराउने निर्णय गरेका हुन् ।
एकीकृत समाजवादी छाडेर एमाले प्रवेश गर्नेहरुमा पूर्व प्रदेशसभा सदस्य तथा आम जनता पार्टीका उपमहासचिव कुन्दन कुशवाहा, आम जनता पार्टीका केन्द्रीय सदस्य अरविन्दकुमार यादव, केन्द्रीय सदस्य सञ्जयकुमार साह, सरफलाल महतो, दीपककुमार दुबे र सुरेन्द्रप्रसाद चौधरी लगायत छन् ।
प्रतिक्रिया