Logo

मुख्य समाचार

रुस–युक्रेन सेनामा भर्ती भएका नेपालीको आधिकारिक विवरण माग


१० फाल्गुन २०८०, बिहिबार  

92
Shares

काठमाडौं । एमाले सांसद सूर्य थापाले रुस युक्रेन युद्धमा मारिएका तथा अवस्था अज्ञात रहेका नेपालीको आधिकारिक विवरण सरकारले अविलम्ब संसदमा जानकारी गराउनुपर्ने माग गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसद थापाले नेपालको परराष्ट्र नीति विरुद्ध रुस र युक्रेनमा नेपाली भर्ती हुने गरेको र त्यसलाई सरकारले रोक्न नसकेको बताए ।

थापाले नेपालीहरु परराष्ट्र नीति विपरीत गएर रुसी सेनामा भर्ती भएको, धेरैले युद्धमा मृत्युवरण गरेको, कतिपय परिवार र आफन्तको सम्पर्कमा नआएको उल्लेख गर्दै त्यो रोक्ने सामथ्र्य सरकार सँग छ कि छैन भनेर प्रश्न गरे ।

यस्तै उनले रुस–युक्रेन सेनामा भर्ती भएका नेपालीको संख्या तथा अवस्था अज्ञात भएका नेपालीको आधिकारीक जानकारी संसदमा सरकारले जतिसक्दो चाँदो गराउन पनि माग गरे ।

उनले विद्यार्थी बनेर, मानव तस्करीको जालमा परेर वा रोजगारीको सिलसिलामा विभिन्न देश हुँदै रुस–युक्रेन पुगेर त्यहाँको सेनामा भाडामा भर्ती भएका नेपालीको संख्या, युद्धमा मारिएका तथा अज्ञात अवस्थामा रहेका नेपालीको अवस्थाबारे  सरकारले उनीहरुको परिवारलाई जानकारी दिन नसक्नु लज्जाजनक भएको बताए । उनले सरकार नै मानव तस्करसँग मिलेमतो गरेको होकि भन्दै शंका व्यक्त गरे ।

थापाले अवैध बाटो भएर रुसी सेनामा युवाहरु भाडाको सेनामा विमानस्थलकै व्यक्तिहरुको सेटिङमा भर्ती हुन जाने गरेको आरोप लगाउँदै रुस युक्रेनमा मारिएका, वेपत्ता बनेका तथा सेनामा भर्ती भएकाको यकिन विवरण सार्वजनिक गर्नुपर्ने माग गरे ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  २ : ०८ बजे