काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा आठ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ नाघेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/०८० को सात महिनामा नेपालको व्यापार घाटा आठ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ थियो । यो अवधिमा नेपालले आठ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ ।
त्यस्तै चालु आर्थिक वर्ष २०८०र०८१ को सात महिनामा ११ लाख २६ हजार ७४७ वटा स्मार्टफोन नेपाल भित्रिएका छन् । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि माघसम्म १७ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी मूल्यका स्मार्टफोन आयात भएको हो ।
यी फोनबाट सरकारले तीन अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्षको यसै अवधिमा १४ अर्ब ७६ करोड रुपैयाँका १० लाख पाँच हजार १३५ स्मार्टफोन आयात भएका थिए । गत वर्षको उक्त आयातबाट सरकारले दुई अर्ब ७५ करोड रुपैयाँ राजस्व उठाएको थियो ।
प्रतिक्रिया