काठमाडाैं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्ध नेपालका ओपनर आसिफ सेखले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालबाट आसिफले ५६ बलमा आठ चौका र एक छक्कासहित ५३ रन पूरा गरे ।
त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपालले ५ रनको अन्तरमा ३ विकेट गुमाएर दबाबमा परेपनि प्रारम्भिक ब्याट्सम्यान आसिफले सम्हालिएर खेलिरहेका छन् ।
आसिफ ५३ रनमा खेल्दैछन् । उनले कुशल मल्लसँग चौथो विकेटका लागि ४८ रनको साझेदारी गरिसकेका छन् । कुशल मल्ल १८ रनमा खेल्दैछन् ।
प्रतिक्रिया