काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत नेपालले आज नामिबियाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार साढे ९ बजे त्रिभुवन विश्वविद्यालयको मैदानमा सुरु हुनेछ ।
नेपाल पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको थियो भने नेदरल्यान्ड्समाथि ९ विकेटको शानदार जीत हासिल गरेकाे थियाे ।
त्रिकोणात्मक शृङ्खलामा तीनै टोलीले २–२ खेल खेलेका छन् । हालसम्म सबै टोलीले समान एक खेलमा जीत र एक खेलमा हार बेहोरेका छन् ।
प्रतिक्रिया