Logo

Breaking News 1

पहाडमा वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना



काठमाडाैं । हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ भने मधेस प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

महाशाखाले आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
 

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ६ : १२ बजे