Logo

धर्म / संस्कृति

‘बौद्ध धर्मले नेपाल चिनाएको छ’


८ फाल्गुन २०८०, मंगलबार  

92
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अगाडि बढिसकेको इतिहासको गति कहिल्यै पछाडि नफर्कने बताएका छन् ।

बौद्ध धर्म, संस्कृति र परम्पराअनुसार शीतल निवासमा मंगलबार भएको नेपाल बज्रयान महाविहार, लुम्बिनीको राजकुल गमन कार्यक्रममा उनले इतिहासको जुन गति छ, अगाडि बढेपछि त्यो नफर्कने बताए ।

नेपाली जनताले ठूलो बलिदान र संघर्षबाट समावेशी संघीय लोकतान्त्रिक गणतान्त्रात्मक संविधान प्राप्त गरेको भन्दै यसले सबैलाई मिलाएर लैजाने लक्ष्य राखेको बताए ।

बुद्ध धर्मले नेपाललाई संसारमा चिनाएको, यसको गरिमा बढाएको र नेपालको मौलिकता झल्काएको उल्लेख गर्दै बुद्ध धर्मले विश्वमा शान्तिको लागि मात्र होइन, ज्ञानको लागि पनि योगदान पु¥याएको उनले बताएका छन् ।

उक्त कार्यक्रममा राष्ट्रपति पौडेलले भिक्षु, भिक्षुणीहरुलाई दान दक्षिणा पनि प्रदान गरेका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ४ : ५८ बजे