Logo

राजनीति

‘देउवा–प्रचण्ड एमालेलाई ललिपप बाँडिरहन्छन्’


८ फाल्गुन २०८०, मंगलबार  

115
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र देउवाले सिद्धान्त र नीति छाडेर मिल्छौ भन्दै प्रलोभन देखाएर बताएका छन् ।

पार्टी कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले प्रचण्ड र देउवाले कुनैपनि हालतमा गर्छौ भनेको काम नगरेको र असभंव काम गर्न खोजेर प्रलोभनमा पार्ने प्रयास गरेपनि एमाले त्यस्तो प्रलोभनमा नपर्ने बताए ।

राष्ट्रिय सभाको निर्वाचनलाई लिएर एमालेलाई बद्नाम गर्न खोजेको पनि उनको भनाई छ । उनले भने, ‘राष्ट्रिय सभाको निर्वाचनमा हाम्रा विरुद्ध दुईवटा कुरा चर्चा गर्न योग्य छन् । यस क्रममा हामीलाई बद्नाम गर्न खोजियो । सिट मागेको भनेर हल्ला गर्नुभयो । एमालेले सिट लेनदेन गर्न खोजेको छ । सिट मागिरहेका छ भनेर हामीलाई बद्नाम गर्न खोज्नुभयो । जुन कुरा गलत थियो र उचित थिएन् ।’

सरकारले एमालेसँग राष्ट्रिय सभा निर्वाचनमा मिलेर जाऔं भन्ने प्रस्ताव गरेको अध्यक्ष ओलीले बताए । 

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ३ : १८ बजे