Logo

मुख्य समाचार

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक


८ फाल्गुन २०८०, मंगलबार  

92
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । फागुन १० गते बिहीबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बैठक बस्ने गरी बैठक बोलाइएको हो ।

प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए ।

बैठकमा केन्द्रीय नेताहरुलाई जिम्मेवारी बाँडफाँट गर्नेलगायतका विषयमा पनि छलफल हुनेछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ९ : १५ बजे