Logo

खेलकुद

ला-लिगामा जिरोना पराजित


८ फाल्गुन २०८०, मंगलबार  

23
Shares

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा दोस्रो स्थानको जिरोना पराजित भएको छ । सोमबार राति भएको खेलमा जिरोना एथ्लेटिक विलबाओसँग ३–२ गोल अन्तरले पराजित भएको हो । एथ्लेटिकका एलेजान्ड्रो रिमेरियोले दोस्रो मिनेटमै गोल गरेर अग्रता दिलाएका थिए ।

पहिलो हाफमा त्यहि १ गोलका कारण पछि परेको जिरोनाले ४९ औं मिनेटमा बराबरी गरेको थियो । जिरोनाका लागि त्स्यगानकोवले बराबरी गोल फर्काएका थिए । तर, ५६ औं मिनेटमा एलेजान्ड्रोले व्यक्तिगत दोस्रो गोल गर्दा एथ्लेटिक बिलबाओ २–१ ले अघि बढेको थियो ।

त्यसैगरी ६० औं मिनेटमा इनाकी विलियम्सले गोल गर्दै एथ्लेटिकलाई ३–१ ले अघि बढाएका थिए । ७५ औं मिनेटमा एरिक ग्रासियाले गोल गरेर जिरोनालाई राहत दिलाए पनि अन्ततः एथ्लेटिक विलबाओ ३–२ ले विजयी भयो ।

जितसँगै बिलबाओ तालिकामा ४९ अंकका साथ पाँचौं स्थानमा छ भने पराजित भएको जिरोना ५६ अंकका साथ दोस्रो स्थानमा यथावत रहेको छ । ला लिगामा रियल मड्रिड ६२ अंकका साथ शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ८ : ४१ बजे