Logo

राजनीति

पार्टीभित्र एकता नहुँदा जनताले औंला ठडाउने मौका पाए : सभापति श्रेष्ठ



ललितपुर । कांग्रेसले एकताको सन्देश दिन नसक्दा जनताले औंला ठडाउने मौका पाएको ललितपुर जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठले बताएका छन् ।

सोमबार ललितपुरको गोदवरीमा पार्टी महासमिति बैठक उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै उनले कांग्रेसले एकताको सन्देश दिन ढिला गर्न नहुने बताए ।

सभापति श्रेष्ठले अन्य दलले मिसन ८४ भनेर बजारमा हल्ला गरिरहँदा कांग्रेसले एकताको सन्देश दिन सके आउँदो निर्वाचनमा पनि पहिलो दल बन्ने दाबी उनको छ ।

स्वागत मन्तव्यको क्रममा उनले ललितपुर जिल्लाले एकताको सन्देश दिँदा गएको स्थानीय चुनावमा ५६ प्रतिशत मत ल्याएको भन्दै पार्टीले ८४ को निर्वाचनमा ७५ प्रतिशतमाथि मत ल्याउने दाबी गरे ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ४ : ५५ बजे