Logo

मुख्य समाचार

‘संक्रमणकालीन न्यायका लागि सरकार गम्भीर हुनुपर्छ’



काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले नेपाललाई हिंसाको दुष्चक्रमा होम्नेहरू आज सरकारको नेतृत्वमा रहेको भन्दै यस्तो अवस्थामा देश र निर्दोष पीडितले कसरी न्याय पाउन सक्छन् भन्दै प्रश्न गरेकी छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को वर्ष पुस्तक सार्वजनिक कार्यक्रममा सोमबार बोल्दै उनले शान्ति प्रक्रियाका बाँकी कामहरु यथाशीघ्र सम्पन्न गर्ने तर्फ सरकारको ध्यान जानुपर्नेमा पीडितले न्याय सजिलै पाउनेमा शंका गर्नुपर्ने परिस्थिति रहेको बताइन ।

उनले छोराको हत्यामा संलग्नमाथि कारवाही माग गर्दै अनसन बसेकै अवस्थामा मृत्यु भएका नन्दप्रसाद अधिकारीको शवको अझैसम्म दाहसंस्कार नहुनु मुलुकको संक्रमणकालीन न्यायको अवस्थामाथि कटाक्ष रहेको टिप्पणी गरिन । संवेदनशील विषयलाई कसैले पनि स्वार्थ साँध्ने माध्यम बनाउन नहुने उनको भनाइ छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ४ : ४८ बजे