Logo

मुख्य समाचार

दुर्घटनामा एकजनाको मृत्यु ३ जना घाइते



विराटनगर । झापाको शिवसताक्षी नगरपालिका–८ मा भएको सवारी दुर्घटनमा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् ।

प्रहरीका अनुसार मे–१ ह ५८०५ नम्बरको अटोरिक्साले आइतबार साँझ दुईवटा साइकललाई ठक्कर दिएको थियो ।

ठक्करपछि घाइते भएका शिवसताक्षी–८ का ३१ वर्षीय दिलिप श्रेष्ठ, उनकी छोरी ११ वर्षीय गोमा श्रेष्ठ, ९ वर्षीया शीतल श्रेष्ठ र अटो चालक ५२ वर्षीय पूर्णबहादुर भट्टराई घाइते भएका थिए ।

उनीहरुको आम्दा अस्पताल दमकमा उपचार भइरहेको थियो । थप उपचारका लागि बिर्तासिटी अस्पताल पुर्याइएकी शीतल श्रेष्ठको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  १२ : ०६ बजे